मष्टा गाउँपालिकाका गतिविधि घरमै बसेर थाहा पाउन सकिने
बझाङ, फागुन १९ । बझाङको मष्टा गाँउपालिकाले गरेका सबै गतिविधिहरु अब सर्व साधारण
व्यक्तिहरुले घरमै बसेर थाहा पाउन सुक्ने प्रविधिको विकास गरेको छ । साहारा
नेपालको सुशासन परियोजनाको आर्थिक सहयोग तथा मष्टा गाँउपालिकाको सहकार्यमा सूचना
प्रविधि केन्द्रको उद्घाटन भएको हो ।
अब गाँउपालिकाले गरेका सार्वजनिक
गतिविधिहरुका साथै बजेट र कार्यपालीकाले गरेका सार्वजनिक निर्णयहरु बारे यहाँका
स्थानीय बासिन्दाले घरमा नै बसेर जानकारी लिन सक्ने मष्टा गाँउपालिकाका अध्यक्ष
कर्णबहादुर कठायतले बताए ।
साथै यस प्रविधि बाट सामाजीक सुरक्षा भत्ता
वितरण लगायत धेरै काममा आफुहरुलाई सहयोग पुग्ने कठायतले बताए । अहिले प्रविधिको
युग भएको बताउदै अध्यक्ष कठायतले अब जनताले गाँउपालिकाले गर्ने हरेक गतिविधिहरु घर
बाट नै जानकारी लिन सक्ने वातावरण सृजना गरेको बताए ।
सूचना प्रविधि केन्द्रको उद्घाटन गर्दै
कठायतले सूचना प्रविधि केन्द्रबाट पनि सबै कुराहरुकोजानकारि लिन सकिने र मोबाइल
हुने सबै सर्व साधारण व्यक्तिहरुले समेत गाउँपालिकाको एप्स डाउनलोड गरेर ईन्टरनेट
नभए पनि गाँउपालिकाका गतिविधिहरु बारे जानकारि गर्न लिन बताए ।
अनपढ तथा नपढेका सर्व साधामरण व्यक्तिहरुका
लागि अडियो ब्रोकाष्टिङ सिस्टमबाट समेत गाँउपालिकाले गरेका सबै गतिविसिधहरुको
बारेमा जानकारि लिन सक्ने कठायतले बताए । यो प्रविधिले आफुहरुलाई ठूलो राहत
पुर्याएको मष्टा गाँउपालिका स्थानीय ईश्वरबहादुर कठायतले बताए ।
कुन वडामा कती बजेट विनियोजन भयो ? कार्यपालीकाले कस्ता निर्णयहरु पारित गर्यो ? मष्टा गाँउपालिकाले के कस्तो काम गरि रहेको छ सो कुराहरुको सहज रुपमा जानकारि
लिन सजिलो हुने भएका कारण आफुलाई खुःसी लागेको कठायतले बताए ।
यस्तै यो प्रविधि बाट देश विदेशमा बस्नु हुने
यहाँका स्थानीय बासिन्दाहरुलाई जानकारी लिन समेत सजिलो हुने हरि धामीको भनाइ छ ।
गरेका गतिविधिहरु बारे जानकारि लिएर सुझाब सल्लाह समेत दिन सजिल्लो हुने धामले
बताए ।
‘राम्रो गाँउपालिका र हाम्रो गाँउपालिका’ बनाउने उदेश्यका साथ आफूहरु लागि परेको र
यसमा सबैले साथ दिन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले सबैलाई आग्रह समेत
गरे । साहारा नेपाल सुशासन कार्यक्रमको ११ लाखको लागतका सूचना प्रविधि केन्द्र
स्थापना भएको हो ।
Leave your comments
Latest News
27 August, 2019
Citizen School On Governance and Accountability
27 August, 2019
दुई दिने नागरिक पाठशाला एक कार्यक्रमका बिच सम्पन्न
14 April, 2019
0 Comments