पहिरो जोखिम क्षेत्रमा बृक्षारोपण कार्यक्रम तथा Fodder Plantation Programme (घाँस रोपण) कार्यक्रम

News And Stories

पहिरो जोखिम क्षेत्रमा बृक्षारोपण कार्यक्रम तथा Fodder Plantation Programme (घाँस रोपण) कार्यक्रम

August 21, 2024

२०८०।०४।२५ देखि २०८०।०४।३१ सम्म (9 Aug 2024 to 15 Aug 2024)

मष्टा गाउपालिकाको वडा नम्बर ३ देखि ७ सम्म विभिन्न प्रकारका घाँस जन्य विरुवाहरुको बृक्षारोपण गरीयो , पशुपालन कृषकहरुलाइ सहजहुने बिश्वास मष्टा गाउपालिकाको वडा नम्बर ३ देखि ७ सम्म विभिन्न प्रकारका घाँस जन्य विरुवाहरुको बृक्षारोपण गरीएको छ । साहारा नेपाल द्वारा संचालित खाद्य सुरक्षा सुधार दिगो जिविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आयोजनामा उक्त वडाहरुमा बृक्षारोपण गरीएको हो । पशुपालन क्षेत्रको सहजताका लागि उक्त बिरुवा बृक्षा रोपण गरीएको साहारा नेपाल फिल्ड संयोजक दिनेश रोकायाले बताउनुभयो । मष्टा गाउपालिका वडा नमबर ३ देखि ७ सम्मका स्थानिय कृषक समुहका सदस्यहरुको सकृय सहभागितामा खाली रहेको जमिन र पहिरो ग्रस्तित क्षेत्रमा बिभिन्न प्रकारका घाँस जन्य विरुवाहरु टाँकी, बाकाईनो, किईराल, कुटबिरो, ईपिलइपिल, बदामे घाँस, लगाएतका बोटहरु बृक्षा रोपण कार्यक्रम सम्पन्न गरियो ।