The joint monitoring of the first quarter of 2025 of the ‘Improved Food Security Sustainable Livelihoods, and Empowerment of Women’s’ project, conducted in collaboration with Sahara Nepal Bajhang and Swallows of Finland, has been completed in Masta Rural Municipality.

The monitoring team, which was held from 27 to 29 March 2025, included Sahara Nepal Bajhang’s Executive Committee Secretary Janak Bahadur Dwal, Project Coordinator Umesh Raj Joshi, Field Coordinator Dinesh Rokaya, and from Masta Rural Municipality, Rural Municipality Chairman Gyan Bahadur Bohara, Ward No. 6 Ward Chairman Shivraj Bohara, and Masta Rural Municipality Agriculture Branch Chief Prabhakar Joshi.
During the monitoring, the effectiveness of various project activities, their impact on the local community, and future plans were discussed. Information was obtained about their experiences, challenges, and future needs by interacting with local farmer groups, women entrepreneurs, and project beneficiaries.

Sahara Nepal Bajhang has expressed its commitment to continue working for sustainable change in the community by further strengthening its collaboration with the local level. The project will be made more effective by incorporating the suggestions and recommendations received during the monitoring process into the upcoming action plan.

साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित ‘खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तिकरण’ परियोजनाको २०२५ को पहिलो क्वाटरको संयुक्त अनुगमन मष्टा गाउँपालिका सम्पन्न भएको छ।
मिति २०८१ साल चैत १४ देखि १६ (27 to 29 March 2025) गतेसम्म सम्पन्न उक्त अनुगमन टोलीमा साहारा नेपाल बझाङ्गका कार्यसमिति सचिव जनक बहादुर द्वाल, परियोजना संयोजक उमेश राज जोशी, फिल्ड संयोजक दिनेश रोकाया तथा मष्टा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा, वडा नं. ६ का वडा अध्यक्ष शिवराज बोहरा, र मष्टा गाउँपालिका कृषि शाखा प्रमुख प्रभाकर जोशीको उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा परियोजनाका विविध गतिविधिहरूको प्रभावकारीता, स्थानीय समुदायमा पार्ने प्रभाव र आगामी योजनाहरूको बारेमा छलफल गरिएको थियो। स्थानीय कृषक समूह, महिला उद्यमी तथा परियोजनाबाट लाभान्वित व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको अनुभव, चुनौतीहरू र आगामी आवश्यकताहरू बारे जानकारी लिइएको थियो।

साहारा नेपाल बझाङ्गले स्थानीय तहसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै समुदायमा दिगो परिवर्तनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ। अनुगमनका क्रममा प्राप्त सुझाव र सिफारिसलाई आगामी कार्ययोजनामा समेट्दै परियोजनालाई थप प्रभावकारी बनाइनेछ।