बझाङ्ग मष्टा गाउँपालिका २०८१ चैत १ गते (14 March 2025)
A training on personal hygiene has been completed under the Improved Food Security , Sustainable Livelihoods, and Empowerment of Women Project, conducted in collaboration with Sahara Nepal Bajhang and Swallows of Finland.
The training, held in Masta Rural Municipality-4, Bhatekhola, was attended by members of local farmer groups. The training provided training on the importance of personal hygiene, ways to prevent sanitation-related diseases, use of safe drinking water, proper handwashing, nutrition, and the need for a clean environment.

साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तीकरण परियोजना अन्तर्गत व्यक्तिगत सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ।
मष्टा गाउँपालिका-४, भातेखोलामा सम्पन्न उक्त तालिममा स्थानिय कृषक समूहका सदस्यहरू सहभागी भएका थिए। तालिममा व्यक्तिगत सरसफाइका महत्त्व, सरसफाइजन्य रोगहरूबाट बच्ने उपाय, सुरक्षित खानेपानीको प्रयोग, हात धुने सही तरिका, पोषण र स्वच्छ वातावरणको आवश्यकताबारे प्रशिक्षण प्रदान गरियो।

तालिमको उद्देश्य समुदायका सदस्यहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु, सरसफाइ सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु तथा दिगो स्वास्थ्य सुरक्षामा योगदान पुर्याउनु रहेको थियो। सहभागीहरूले तालिमप्रति चासो देखाउँदै सिकेका कुरा आफ्नो दैनिक जीवनमा लागू गर्ने प्रतिबद्धता जनाएका थिए।