Bajhang Masta RM / बझाङ, मष्टा गाउँपालिका
An orientation program on health-related topics has been completed in various villages of Masta Rural Municipality under the ‘ Improved Food Security , Sustainable Livelihoods and Empowerment of Women of Project’ run by Sahara Nepal.
साहारा नेपालद्वारा सञ्चालित ‘खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजना’ अन्तर्गत मष्टा गाउँपालिकाका विभिन्न टोलहरूमा स्वास्थ्य संग सम्बन्धित विषय वस्तुहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रम मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला, वडा नं. ५ द्वारी र वडा नं. ७ को लटौन टोलका कृषक समूहका सदस्यहरू, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा स्थानीय नागरिकहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा पोषण, खोप, प्राथमिक उपचार, परिवार नियोजन, प्रजनन स्वास्थ्य, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, मातृ तथा शिशु स्वास्थ्य, शौचालय व्य्वस्थापन सम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल गरियो।
स्वास्थ्य सचेतना सुदृढीकरणमा योगदान

साहारा नेपालका फिल्ड संयोजकका अनुसार उक्त अभिमुखीकरणले समुदायका महिलाहरू, कृषक तथा स्वयंसेविकाहरूलाई स्वास्थ्य र पोषणसम्बन्धी व्यवहारगत सुधारमा मद्दत पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा सहभागीहरूले स्थानीय तहमा स्वास्थ्य सेवा प्रवर्द्धन गर्न यस्ता पहलहरू प्रभावकारी हुने बताएका थिए।

स्थानीय सरकारका प्रतिनिधिहरूले पनि यस्तो कार्यक्रमले ग्रामीण भेगका नागरिकहरूलाई सचेत बनाउन र स्वास्थ्य अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। सहभागीहरूले आगामी दिनमा अझ विस्तृत प्रशिक्षण र निरन्तर परामर्श कार्यक्रम आवश्यक रहेको समेत बताए।