Events

The annual social audit program of the Improved Food Security, Sustainable Livelihoods and Empowerment of Women Project run by Sahara Nepal Bajhang has been completed. (साहारा नेपाल बझाङद्वारा मष्टा गाउँपालिकामा खाद्य सुरक्षा दिगो जिविको पार्जन र महिला सशक्तीकरण परियोजनाको वार्षिक सामाजिक लेखापरीक्षण सम्पन्न)

बझाङ्ग मष्टा गाउँपालिका २०८१ माघ १६

साहारा नेपाल बझाङद्वारा मष्टा गाउँपालिकामा खाद्य सुरक्षा दिगो जिविको पार्जन र महिला सशक्तीकरण परियोजनाको वार्षिक सामाजिक लेखापरीक्षण सम्पन्न

आज मष्टा गाउँपालिकामा साहारा नेपाल बझाङ द्वारा संचालित खाद्य सुरक्षा अधिकार, दिगो जिबिकोपार्जन र महिला सशक्तीकरण परियोजनाले आफ्नो वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ। उक्त परियोजनाले मष्टा गाउँपालिका वडा नं. ३ देखि वडा नं. ७ का ग्रामीण बस्तीहरूमा सञ्चालन गरेका गतिविधिहरूको प्रभाव, मूल्याङ्कन र लेखाजोखा प्रस्तुत गर्दै आगामी योजनाहरू तय गरेको हो।

कार्यक्रममा कृषक समूहका सदस्यहरू, विशेष गरी गरिब महिला कृषकहरूलाई फाइदा पुर्याउन कस्ता कार्यक्रम सञ्चालन गर्दा बढी प्रभावकारी हुने भन्ने विषयमा गहन छलफल गरिएको थियो। यस क्रममा स्थानीय सरकार, साहारा नेपालका पदाधिकारी र कृषक समूहका सदस्यहरूसँग मिलेर स्थलगत अवलोकन र कार्यसम्पादनका उपलब्धिहरूको विश्लेषण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता साहारा नेपालका कार्य समितिका सचिव जनक बहादुर द्वालले गरेका थिए भने प्रमुख अतिथि मष्टा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार खड्काले सम्बोधन गरेका थिए। अन्य अतिथिहरूमा मष्टा गाउँपालिका वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, कृषि शाखा प्रमुख, पशु स्वास्थ्य शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख र अन्य कर्मचारीहरू उपस्थित थिए।

कार्यक्रमको सहजिकरण बझाङ जिल्ला पत्रकार महासंघका उपाध्यक्ष रुपक खड्काले गरेका थिए।