जयपृथ्वी खबर
मंगलबार, मंसिर ४, २०८१
साहारा नेपाल बझाङको आयोजनामा बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नं. -७ दयमा लसुन पकेट क्षेत्र स्थापना गरिएको छ । खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा स्थानीय दुर्गा भवानी कृषक समूहका सदस्यहरूको सक्रिय सहभागिता थियो।
कार्यक्रममा साहारा नेपाल बझाङका कर्मचारीहरूको उपस्थितिमा पकेट क्षेत्रको लागि आवश्यक बीउ, बिउबिजन र कृषि सामग्री वितरण गरियो । साथै, लसुन खेतीको प्रविधिसम्बन्धी विषयमा छलफल गर्दै कृषकहरूलाई जानकारी गराइएको छ।
यस प्रयासले कृषि उत्पादन बढाउने र स्थानीय कृषकहरूको आर्थिक स्थिति सुधार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसअघि साहारा नेपालले मष्टा वडा नं. ६ रिलुमा स्थानिय नाउँली कृषक समुहका सदस्यहरुको सक्रिय सहभागितामा प्याज पकेट क्षेत्र स्थापना गरेको थियो भने विभिन्न वडामा मौरी घार वितरण, मह उत्पादन सम्बन्धी तालिम, सिन्की, गुन्द्रुक र आलु चिप्स बनाउने सम्बन्धि तालिमका साथै मेसिन वितरण र सुधारिएको चुलो वितरण गरेको थियो ।
वडा वडामा यस्ता कृषि क्षेत्रमा टेवा पुर्याउने काम गरेको भन्दै स्थानीय कृषक खुशी भएका छन् । यसले स्थानीय कृषिकलाई कृषि पेशा थप आकर्षित भइ आत्मनिर्भर हुन प्रेरित गर्ने शाहारा नेपालको आशा छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१