दुई दिने नागरिक पाठशाला एक कार्यक्रमका बिच सम्पन्न

News And Stories

दुई दिने नागरिक पाठशाला एक कार्यक्रमका बिच सम्पन्न

August 27, 2019

बझाङ – आधारभुत तथा माध्यामिक बिध्यालयको शिक्षाको गुणस्थरीय सुधार गर्ने उदेश्यले आयोजना गरिएको दुई दिने नागरिक पाठशाला एक कार्यक्रमका बिच बझाङको चैनपुरमा सम्पन्न भएको छ । साहारा नेपाल र सुसासन परियोजनाको आयोजनामा संचालन भएको सामुदाएक अंक पत्र दुई दिने नागरिक पाठशाला शनिवार सम्पन्न भएको हो ।

जिल्लाको जयपृथ्वी नगरपालीका र मस्टा गाँउपालीकाका बिभिन्न बिध्यालयका ब्यावस्थापन समिती जनप्रतिनिधीहरु सहभागीता रहेको कार्यक्रममा बिध्यालयको शिक्षा गुणस्थर अभिवृद्धि गर्नका लागी सामुदाएक अँक पत्रका बिभिन्न चरणहरुको समेत अभ्यास गरिएको थियो । मष्टा गाँउपालिकाका शिक्षा सँयोजक मोहन थापाले बिध्यालयको शिक्षा गुणस्थर सँगै सस्थागत बिकास गर्न सामुदाएक अँकपत्र राम्रो औजार रहेको जोड बताए ।

उनले यस्तो अभ्यास सेवा प्रदायक सँघ सस्था सरकारी निकाय समेत प्रयोग गरे झनै राम्रो हुने बताए । कार्यक्रममा वोल्दै साहारा नेपालका कार्यवाहाक अध्यक्ष भानुभक्त जोशीले राम्रो कुराहरु सकारात्मक रुपमा लिई अधिकार मात्रै भन्दा पनी आ आप्नो दायित्व समेत बिर्सन नहुने बताए । उनले अब आउने पुस्ताका लागी पनि राम्रा कुराहरु सिकाउन तर्फ जोड दिनुपर्ने बताए ।

दुई दिने नागरिक पाठशाला कार्यक्रमका मष्टा गाँउपालीकाका शिक्षा सँयोजक मोहना थापा, साहारा नेपाल परियोजना सँयोजक डम्वर सुनार जयपृथ्वी नगरपालीकाका फिल्ड सँयोवक दबिराज बोहराले सहजिकरण गरेका थिए ।