मष्टा गाउँपालिकाका गतिविधि घरमै बसेर थाहा पाउन सकिने

News And Stories

मष्टा गाउँपालिकाका गतिविधि घरमै बसेर थाहा पाउन सकिने

April 14, 2019

बझाङ, फागुन १९ । बझाङको मष्टा गाँउपालिकाले गरेका सबै गतिविधिहरु अब सर्व साधारण व्यक्तिहरुले घरमै बसेर थाहा पाउन सुक्ने प्रविधिको विकास गरेको छ । साहारा नेपालको सुशासन परियोजनाको आर्थिक सहयोग तथा मष्टा गाँउपालिकाको सहकार्यमा सूचना प्रविधि केन्द्रको उद्घाटन भएको हो ।

अब गाँउपालिकाले गरेका सार्वजनिक गतिविधिहरुका साथै बजेट र कार्यपालीकाले गरेका सार्वजनिक निर्णयहरु बारे यहाँका स्थानीय बासिन्दाले घरमा नै बसेर जानकारी लिन सक्ने मष्टा गाँउपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले बताए ।

साथै यस प्रविधि बाट सामाजीक सुरक्षा भत्ता वितरण लगायत धेरै काममा आफुहरुलाई सहयोग पुग्ने कठायतले बताए । अहिले प्रविधिको युग भएको बताउदै अध्यक्ष कठायतले अब जनताले गाँउपालिकाले गर्ने हरेक गतिविधिहरु घर बाट नै जानकारी लिन सक्ने वातावरण सृजना गरेको बताए ।

सूचना प्रविधि केन्द्रको उद्घाटन गर्दै कठायतले सूचना प्रविधि केन्द्रबाट पनि सबै कुराहरुकोजानकारि लिन सकिने र मोबाइल हुने सबै सर्व साधारण व्यक्तिहरुले समेत गाउँपालिकाको एप्स डाउनलोड गरेर ईन्टरनेट नभए पनि गाँउपालिकाका गतिविधिहरु बारे जानकारि गर्न लिन बताए ।

अनपढ तथा नपढेका सर्व साधामरण व्यक्तिहरुका लागि अडियो ब्रोकाष्टिङ सिस्टमबाट समेत गाँउपालिकाले गरेका सबै गतिविसिधहरुको बारेमा जानकारि लिन सक्ने कठायतले बताए । यो प्रविधिले आफुहरुलाई ठूलो राहत पुर्याएको मष्टा गाँउपालिका स्थानीय ईश्वरबहादुर कठायतले बताए ।

कुन वडामा कती बजेट विनियोजन भयो ? कार्यपालीकाले कस्ता निर्णयहरु पारित गर्यो ? मष्टा गाँउपालिकाले के कस्तो काम गरि रहेको छ सो कुराहरुको सहज रुपमा जानकारि लिन सजिलो हुने भएका कारण आफुलाई खुःसी लागेको कठायतले बताए ।

यस्तै यो प्रविधि बाट देश विदेशमा बस्नु हुने यहाँका स्थानीय बासिन्दाहरुलाई जानकारी लिन समेत सजिलो हुने हरि धामीको भनाइ छ । गरेका गतिविधिहरु बारे जानकारि लिएर सुझाब सल्लाह समेत दिन सजिल्लो हुने धामले बताए ।

‘राम्रो गाँउपालिका र हाम्रो गाँउपालिका’ बनाउने उदेश्यका साथ आफूहरु लागि परेको र यसमा सबैले साथ दिन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले सबैलाई आग्रह समेत गरे । साहारा नेपाल सुशासन कार्यक्रमको ११ लाखको लागतका सूचना प्रविधि केन्द्र स्थापना भएको हो ।