साहारा नेपाल बझाङ र स्वालोज अफ फिनल्यान्डका उपाध्यक्ष लिल्जा सहितको टिमद्वारा अनुगमन
तरुणा जोशी प्रकाशित: १५ मंसिर २०८१, शनिबार १९:५५
बझाङः मष्टा गाउँपालिकामा सञ्चालन गरेका कामहरुकोे दातृ निकाय स्वालोज अफ फिनल्यान्डका उपाध्यक्ष लिल्जा, सहितको टिमद्वारा संयुक्त अनुगमन गरिएको छ ।
साहारा नेपाल बझाङ र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाले मष्टा गाउँपालिकामा सञ्चालन गरेका कामहरुको दातृ निकाय स्वालोज अफ फिनल्यान्डका उपाध्यक्ष राइमो लिल्जा, कार्यकारी निर्देशक हेलि र साहारा नेपाल बझाङको टिमद्वारा संयुक्त अनुगमन गरएिको हो । मँसिर ११ गते देखि सुरु गरेको अनुगमन आज सम्पन्न भएको छ ।
अनुगमन टोलिले मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा लगाएत जनप्रतिनिधिहरू, मष्टा गाउँपालिका रहेका विभिन्न शाखाका शाखा प्रमुख लगायत कर्मचारीहरू र मष्टा गाउँपालिका वडा नं. ३ देखि ७ सम्मका विभिन्न कृषक समूहका सदस्यहरू र साहारा नेपाल बझाङको टिमसँग प्रत्यक्ष भेटघाट सँगै परियोजनाको विषय वस्तुहरूमा आवश्यक छलफल गरिएको थियो । साथै परियोजनाले गरेका हरेक क्रियाकलापहरूको प्रत्यक्ष अवलोकन तथा अनुगमन समेत गरेको थियो ।
परियोजना सञ्चालनमा आवश्यक सुझाव, सल्लाह प्रदान गर्नुको साथै परियोजनाले आगामी दिनहरूमा गर्न सकिने क्रियाकलापहरूको योजना निर्माण बारे विभिन्न अपेक्षा राखेको छ । जसले गर्दा परियोजनाको कार्यान्वयन र दिगोपनामा समेत सहयोग पुग्न सक्ने विश्वास गरिएको परियोजनाका फिल्ड संयोजक दिनेश रोकायाले बताउनु भयो ।



