सामुदायिक वन व्यवस्थापन तालिम सम्पन्न –
मिति: २०८२ भदौ २०–२२ (5-7 Aug 2025)
स्थान: भातेखोला (वडा ४), रिलु (वडा ६), ठकुन्ना (वडा ७), मष्टा गाउँपालिका, बझाङ्ग (Bhatekhola (Ward 4), Rilu (Ward 6), Thakunna (Ward 7), Masta Rural Municipality, Bajhang)
स्वालोज अफ फिनल्याण्डको आर्थिक सहयोगमा साहारा नेपाल बझाङ्ग द्वारा सञ्चालित “खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तिकरण परियोजना” अन्तर्गत, मष्टा गाउँपालिका वडा नं. ३ देखि ७ सम्मका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू र कृषक समूहका सदस्यहरूलाई लक्षित गर्दै सामुदायिक वनको व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो।

Sahara Nepal Bajhang, with financial support from Swallows Finland, successfully conducted a training on community forest management under the “ Improved Food Security, Sustainable Livelihood and Empowerment of Women Project” for Community Forest User Group leaders and farmer group members from Wards 3–7 of Masta Rural Municipality.

तालिममा सहभागीहरूले सामुदायिक वन व्यवस्थापन, प्राकृतिक स्रोत संरक्षण र स्थानीय समुदायको सशक्तिकरणसम्बन्धी व्यवहारिक ज्ञान प्राप्त गरेका थिए।
यस तालिमले सामुदायिक वन उपभोक्ता समूहहरूको क्षमता अभिवृद्धि गर्न, दिगो विकास प्रवर्द्धन गर्न, र स्थानीय जीविकोपार्जन सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
🙏 तालिममा सबै सहभागी, प्रशिक्षक र सहयोगीहरूलाई साहारा नेपाल बझाङ्ग परिवारको तर्फबाट हार्दिक धन्यवाद।