साहारा नेपाल बझाङ्ग द्वारा संचालित खाद्य सुरक्षा सुधार दिगो जिविकोपार्जन र महिला सशक्तिकरण परियोजनाले बझाङ्ग जिल्ला मष्टा गाउँपालिका वडा नं. ३ देखि वडा नं. ४ सम्मका कृषक समूहका सदस्यहरूलाई उनिहरुले उत्पादन गरको विभिन्न वस्तुहरुको मूल्य वृद्धिको लागि ब्रान्डिङ, प्रशोधन र बजारिकरण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा कृषक समुहका सदस्यहरु, वडा कार्यालय जनप्रतिनिधि तथा कर्मचारीहरु, स्थानिय सरोकारवाला निकायका प्रतिनिधिहरु र सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने तालिमको प्रशिक्षण मष्टा गाउँपालिका कृषो शाखा प्रमुख श्री प्रभाकर जोशीले गर्नु भएको थियो ।
यो तालिम ३ वटा ठाउँमा संचालन गरियको थियो जसमा मष्टा गाउँपालिका वडा नं. ४ भातेखोला, मष्टा गाउँपालिका वडा नं. ६ रिलु र मष्टा गाउँपालिका वडा नं. ७ को रिलुमा संचालन गरेको थियो । तालिममा स्थानिय कृषि क्षेत्रमा कार्यरत कर्माचारीहरु र साकारा नेपालका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
तालिममा पुरुष सदस्यहरु भन्दा महिलाहरुको उपस्थिति धेरै रहेको थियो । साहारा नेपाल द्वारा संचालित खाद्य सुरक्षा सुधार दिगो जिविकोपार्जन र महिला सशक्तिकरण परियोजनाले यो तालिम पश्चात कृषकहरुले उत्पादन गरेका वस्तुहरुको गुणस्तरमा सुधार ल्याई विक्रिवितरण गर्दा बजारमा राम्रो मुल्य पाउँने विश्वास गरेको छ ।





