घरेलु तथा लैङ्गिक हिंसा छाउपडी र बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन – साहारा नेपाल बझाङ्गको आयोजानमा मष्टा गाउँपालिका वडा नं. ६ रिलुमा लाग्ने धार्मिक तथा ऐतिहासिक सिउरो मेलाको अवसरमा मष्टा गाउँपालिका लगाएत अन्य पालिका र बहिरि जिल्रलाका नागरिकहरुको वाक्लो उपस्थितिमा २०८१।०५ । १८ गतेका दिन मष्टा गाउँपालिका वडा नं. ६ को रिलुमा संचालन गरिएको थियो । जसमा स्थानिय सरकारका जनप्रतिनिधिहरु, नागरिककर्मचारीहरु, समाज संस्थाका पदाधिकारीहरु र बिध्यालय शिक्षक, शिक्षिकाहरु, बिध्यार्थिहरु, देउडा खेलाडिहरु, भलिवल खेलाडिहरु, कलाकारहरु र महिला तथा पुरुषहरु लगाएतको उपस्थिति रहेको थियो ।
आज मिति २०८१ भाद्र महिनाको १८ गतेका दिन साहारा नेपाल बझाङ्ग द्वारा संचालित खाद्य सुरक्षा सुधार दिगो जिविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आयोजनामा मष्टा गाउँपालिका वडा नं. ६ रिलुमा हरेलो मेलाको शुभ अवसरमा साँकृतिक कला प्रतिष्ठान कला केन्द्र नेपालका कलाकारहरुको बेजोड प्रस्तुतिमा “घरेलु तथा लैङ्गकि हिंसा, छाउपडी र बाल बिवाहा न्यूनीकरण” सम्बन्धि जनचेतना मुलक सडक नाटक कार्यक्रम संचालन गरियो । उक्त कार्यक्रममा मष्टा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री शिवराज बोहरा ज्युको अध्यक्षतामा सम्पुर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, नागरिक समाज संस्थाका पदाधिकारीहरु लागाएत सम्पुर्ण वडावासी जनसमुदायहरुको बाक्लो उपस्तिथि रहेको थियोे ।