
मार्च २०२४ देखि डिससेम्वर २०२४ सम्म
मष्टा गाउँपालिका वडा नं. ३ देखि ७ सम्म
साहारा नेपाल बझाङ्गले सन २०२४ मा मष्टा गाउँपालिका वडा नं. ३ देखि ७ सम्मका कृषक समूहका लागि खाद्य सुरक्षा सुधार, दिगो जिविकोपार्जन, र महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय पूर्वाधारहरू निर्माण गरी ग्रामीण समुदायको आर्थिक तथा सामाजिक विकासमा ऐतिहासिक योगदान पुर्याएको छ।
स्थानीय कृषकहरूको सशक्तिकरणका लागि प्रमुख उपलब्धिहरू
१. बाख्रा पालनका लागि ५ वटा स्टलफिडिङ्ग गोठ निर्माण
बाख्रा पालन कृषक समूहका लागि आधुनिक स्टलफिडिङ्ग सुविधा निर्माण गरिएको छ, जसले बाख्रा पालनलाई व्यवस्थित र दिगो बनाउँदै उत्पादन वृद्धि गर्न मद्दत गर्दछ।

२. तरकारी उत्पादनका लागि १० वटा पोलिहाउस वितरण
तरकारी उत्पादन कृषक समूहका लागि १० वटा पोलिहाउस निर्माण र वितरण गरिनुका साथै आवश्यक कृषि सामग्री प्रदान गरिएको छ। यसले कृषकहरूलाई वर्षभरि उच्च गुणस्तरका तरकारी उत्पादन गर्न सक्षम बनाएको छ।


३. कम्पोष्ट मल व्यवस्थापन खाडल निर्माण
जैविक कृषि प्रवर्द्धन गर्न ८ वटा कम्पोष्ट मल व्यवस्थापन खाडल निर्माण गरी स्थानीय कृषकहरूलाई जैविक मल उत्पादन गर्न सहयोग गरिएको छ।


४. प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि ४ वटा खाडल निर्माण
फोहोर व्यवस्थापनमा सुधार ल्याउन वडा नं. ४ भातेखोला, वडा नं. ५ द्वारी, वडा नं. ६ रिलु, र वडा नं. ७ दयामा ४ वटा फोहोर व्यवस्थापन खाडल निर्माण गरिएको छ। यसले वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ।


५. अपांग सदस्यहरूको लागि २ वटा खरायो खोर निर्माण
शारीरिक रूपमा अपांग व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन खरायो पालनका लागि २ वटा आधुनिक खरायो खोर निर्माण गरिएको छ।

७. बिपन्न सदस्यहरूको लागि कुखुरा पालन कार्यक्रम
आर्थिक रूपमा कमजोर परिवारहरूलाई सहयोग गर्न १ वटा कुखुरा खोर निर्माण गरी कुखुरा चल्ला र आवश्यक सामग्री वितरण गरिएको छ। यसले उनीहरूको आर्थिक स्थितिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

महिला सशक्तिकरणको विशेष प्राथमिकता
यस परियोजनाले महिला कृषकहरूको सशक्तिकरणमा विशेष ध्यान दिएको छ। कृषि क्षेत्रमा महिलाको सक्रिय भूमिका र सहभागिता बढाउन विभिन्न तालिम, स्रोत र साधन प्रदान गरिएका छन्।
समुदायमा व्यापक प्रभाव
साहारा नेपालको यो पहलले स्थानीय उत्पादन, वातावरण संरक्षण, र समुदायको समग्र सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याएको छ।
निष्कर्ष
साहारा नेपालद्वारा संचालित यी कार्यक्रमहरूले मष्टा गाउँपालिकाका कृषक समूहहरूलाई सशक्त बनाउन मात्र होइन, ग्रामीण विकासको दिगो आधारशिला पनि निर्माण गरेको छ।