A sanitation campaign was successfully conducted by the Namuna Farmers Group in collaboration with the Improved Food Security, Sustainable Livelihoods, and Empowerment of Women Project run by Sahara Nepal Bajhang.
In the program, members of the farmers group presented an example of sanitation by managing the street, public places, and garbage around their homes.
At the program, group chairperson Laxmi Devi Khatri said that this campaign will spread a positive message in the community to help improved the lifestyles. At the end of the program, group chairperson Khatri committed to conduct such campaigns regularly.
भातेखोला टोलमा सरसफाइ अभियान संचालन
मष्टा गाउँपालिका, २०८१ पुष १७
साहारा नेपाल बझाङ्गद्वारा संचालित खाद्य सुरक्षा सुधार, दिगो जिबिकोपार्जन, र महिला सशक्तीकरण परियोजनाको सहकार्यमा मष्टा गाउँपालिका वडा नं. ४ स्थित भातेखोला टोलमा नमुना महिला कृषक समूहको आयोजनामा सरसफाइ अभियान सफलतापूर्वक संचालन गरिएको छ।

अभियानको मुख्य उद्देश्य ग्रामीण समुदायमा सरसफाइको महत्त्वबारे जनचेतना फैलाउने र वातावरणीय स्वच्छताका लागि ठोस कदम चाल्नु रहेको थियो। कार्यक्रममा महिला कृषक समूहका सदस्यहरूले आफ्नो टोलको बाटो, सार्वजनिक स्थल, र घर वरपरको फोहोर व्यवस्थापन गरी सरसफाइको उदाहरण प्रस्तुत गरेका छन्।

कार्यक्रममा समुहका अध्यक्ष लक्ष्मी देवि खत्रीले यो अभियानले समुदायमा सकारात्मक सन्देश फैलाउने र जीवनशैली सुधार्न मद्दत गर्ने बताउनुभयो। साथै, साहारा नेपालका सामाजिक परिचालक सुनिता कुमारी धमेनाले सरसफाइ मात्र नभई समग्र खाद्य सुरक्षा र स्वास्थ्यका लागि स्वच्छ वातावरणको महत्वबारे जानकारी गराउनुभयो।

सामाजिक सचेतना र एकतामा आधारित यस अभियानले भातेखोला टोललाई स्वच्छ र हराभरा बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। कार्यक्रमको अन्त्यमा समुहका अध्यक्ष खत्रीले यस्तो अभियानलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता गर्नु भयो ।
