Events

मष्टा गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाइ सुधारिएको फलामे चुलो वितरण गरियो । / Campaign and subvention for transiting to using improved cooking stoves to prevent exposure to indoor smoke

मष्टा गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाइ सुधारिएको फलामे चुलो वितरण गरियो । / Campaign and subvention for transiting to using improved cooking stoves to prevent exposure to indoor smoke

२०८१ कार्तिक १० देखि १२ सम्म (Oct 26 2024 to Oct 28 2024)

Masta RM

10:00 AM - 05:00 PM

मष्टा गाउँपालिकाका विभिन्न वडाका कृषक समुहलाइ सुधारिएको फलामे चुलो वितरण गरिएको छ । साहारा नेपाल बझाङ र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तीकरण परियोजनाको आर्थिक सहयोग स्थानीय कृषकहरूलाई धुवाँरहित चुलो वितरण गरिएको हो।

परियोजना अन्तर्गत मष्टा गाउँपालिका वडा नम्बर ३,४,५,६ र ७ का कृषक समुहका २० जना दलित, एकल महिला र विपन्न सदस्यहरूलाई सुधारिएको धुवाँरहित फलामे चुलो वितरण गरिएको छ।

परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ निःशुल्क सुधारिएको चुलो वितरण गरेको र दाउरा कम लाग्ने र धुवाँ नियन्त्रण हुने भएपछि उक्त समूहका सदस्यहरुलाइ सुधारिएको चुलो वितरण गरिएको छ । सुधारिएको चुलोको प्रयोगले दाउरा प्रयोगमा कमि भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम, खर्चमा समेत कमि ल्याउन सकिनेछ ।