साहारा नेपाल बझाङ्ग द्वारा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजनाको आयोजनामा बझाङ्ग जिल्ला मष्टा गाउँपालिका मष्टा वडा नं. ७ दयमा स्थानिय दुर्गाभवानी कृषक समुहका सदस्यहरुको सक्रिय सहभागितामा, साहारा नेपाल बझाङ्गका कर्मचारीहरुको उपस्थितिमा लसुन पकेट क्षेत्र स्थापना गरियो । उक्त पकेट क्षेत्रकालागी आवस्यक बीउ बिजन र कृषि सामाग्री वितरण गर्नुका साथै लसुन खेती प्रविधी सम्बन्धि विषय वस्तुहरुमा छलफल गरियो ।