बझाङ्ग, मष्टा गाउँपालिका २०८१ चैत १७ ( 30 March 2025)
Orientation program on Manure management, agro based forestry, crop rotation and nitrogen fixing plants among farmer groups completed in Mashta Rural Municipality

Orientation program on manure management, agro based forestry and crop rotation among farmer groups completed in Mashta Rural Municipality ward no 3 to 7 Under the Improved Food Security, Sustainable Livelihoods, and Empowerment of Women Project conducted in collaboration with Sahara Nepal Bajhang and Swallows of Finland, Through the program, members of 15 farmer groups were provided with information about the proper use of modern and organic fertilizers, methods to increase soil fertility, the importance of crop rotation system, and measures for agro based forestry management.
साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तीकरण परियोजनाअन्तर्गत मष्टा गाउँपालिकाको वडा नं. ३ देखि ७ सम्मका स्थानीय कृषक समूहका सदस्यहरूलाई मल व्यवस्थापन, कृषिमा आधारित वन, र बाली चक्र सम्बन्धी विषयवस्तुमा १।१ दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममार्फत १५ वटा कृषक समूहका सदस्यहरूलाई आधुनिक तथा जैविक मलको उचित प्रयोग, माटोको उर्वराशक्ति वृद्धि गर्ने विधि, बाली चक्र प्रणालीको महत्त्व, र कृषिमा आधारित वन व्यवस्थापनका उपायहरूबारे जानकारी प्रदान गरियो।
सहभागी कृषकहरूले नवीनतम प्रविधि र व्यावहारिक ज्ञान प्राप्त गर्न पाउँदा निकै उत्साह व्यक्त गरे। उनीहरूले विशेष गरी स्थानीय स्तरमै पाइने स्रोत-साधनको उपयोग गरेर मल उत्पादन गर्ने तरिका, परम्परागत खेती प्रणालीलाई सुधार्ने उपाय, र वातावरणमैत्री कृषिको प्रवर्द्धन गर्ने उपायहरूबारे सिक्न पाएकोमा खुशी व्यक्त गरे।

सहभागी कृषकहरूको सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै परियोजनाले आगामी दिनमा मष्टा गाउँपालिकाका अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको छ।
यस किसिमका तालिमहरूले कृषकहरूलाई आत्मनिर्भर बनाउने, उत्पादन वृद्धि गर्ने, र वातावरणमैत्री कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने भएकाले स्थानीय समुदायमा यसको ठूलो प्रभाव पर्ने अपेक्षा गरिएको छ।

साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्यान्डको सहकार्यमा सञ्चालित यो परियोजना मार्फत स्थानीय कृषकहरूलाई सशक्त बनाउने, दिगो कृषि प्रणालीको विकास गर्ने, र खाद्य सुरक्षालाई मजबुत पार्ने लक्ष्य राखिएको छ।