बझाङ्ग चैनपुर २०८१ फागुन २३ ( 7 March 2025)
साहारा नेपाल बझाङ्गद्वारा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न / Sahara Nepal Bajhang completes two-day orientation program.
A two-day orientation program under the ‘Improved Food Security, Sustainable Livelihoods and Empowerment of women Project’ run by Sahara Nepal Bajhang has been successfully completed.
बझाङ्ग – साहारा नेपाल बझाङ्ग द्वारा सञ्चालित ‘खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन तथा महिला सशक्तीकरण परियोजना’ अन्तर्गत दुई दिने अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

साहारा नेपाल बझाङ्गका कार्यवाहक अध्यक्ष भानु भक्त जोशी, संस्थाका सचिव जनक द्वाल, कोषाध्यक्ष शुशिला कठायत लगायत संस्थाका पदाधिकारी तथा परियोजनाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा परियोजनाका विषयवस्तुहरू, सामाजिक परिचालन, समावेशिता र सामुदायिक सहकार्यको महत्व विषयमा गहन छलफल गरियो।

कार्यक्रमले परियोजनाका लक्ष्य र कार्यान्वयन रणनीतिहरूलाई स्पष्ट पार्दै, समुदायमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रणनीति पहिल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ। सहभागीहरूले सामाजिक परिचालन, समन्वय र दीगो विकासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। यस अभिमुखीकरणले स्थानीय तह, सामुदायिक संस्थाहरू, लक्षित समूह तथा परियोजना टोलीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ। साहारा नेपाल बझाङ्गको यस्तो पहलले स्थानीय समुदायको समृद्धिमा सहयोग पुन्ने आसा गरियको छ ।