Events

Sahara Nepal Bajhang established fruit nursery in Masta RM ward no 3 and trained the beneficiaries on seedling production and nursery management. (साहारा नेपाल बझाङ्गद्वारा फलफुल नर्सरी निर्माण तालिम संचालन)

Sahara Nepal Bajhang established fruit nursery in Masta RM ward no 3 and trained the beneficiaries on seedling production and nursery management. (साहारा नेपाल बझाङ्गद्वारा फलफुल नर्सरी निर्माण तालिम संचालन)

साहारा नेपाल बझाङ्गद्वारा फलफुल नर्सरी निर्माण तालिम संचालन

बझाङ्ग, मष्टा गाउँपालिका २०८१ माघ १५ – साहारा नेपाल बझाङ्गले खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन र महिला सशक्तीकरण परियोजना अन्तर्गत मष्टा गाउँपालिका वडा नं. ३ का कृषक समूहका सदस्यहरूलाई नर्सरि निर्माण प्रविधी सम्बन्धि तालिम संगै नर्सरी निर्माणमा प्रत्यक्ष अभ्यास गरायको हो

यो तालिमको उद्देश्य कृषकहरुलाई आधुनिक प्रविधिहरुका माध्यमबाट फलफुल नर्सरीको सफल सञ्चालनको उपाय र सीप सिकाउनु हो। कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले तालिममा मष्टा गाउँपालिका कृषि शाखामा कार्यरत कर्मचारी, साहारा नेपाल बझाङ्गका कर्मचारी र कृषक समुहका सदस्यहरुले सहभागिता जनाएका थिए।

तालिममा कृषकहरूले फलफुल नर्सरीको डिजाइन, व्यवस्थापन र फलफुल उत्पादनमा आउने समस्याहरूको समाधानका लागि सुझावहरू प्राप्त गरे। यस तालिमबाट कृषकहरूले आफ्नो कृषियोग्य जमिनको उचित प्रयोग गर्दै आर्थिक समृद्धि र खाद्य सुरक्षामा सुधार ल्याउने अवसर पाउने विश्वास व्यक्त गरेका छन्।

साहारा नेपाल बझाङले यस तालिमका माध्यमबाट दिगो विकास र महिला सशक्तिकरणको लक्ष्यलाई अगाडि बढाउँदै कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन काम गर्दै आएको छ।

Upcoming Events