Events

Successfully completed Goat farming observation tour / बाख्रापालन अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न

Successfully completed Goat farming observation tour / बाख्रापालन अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न

7 April 2025 to 10 Aoril 2025 (२०८१।१२।२५ - २०८१।१२।२८)

Kailali Budhitola and Godawori

8:00 AM - 6:00 PM

A study observation tour for members of goat farming farmer groups of Ward No. 3 to 7 of Masta Rural Municipality from 7 April 2025 to 10 April 2025 has been successfully completed under the “ Improved Food Security, Sustainable Livelihood and Empowerment of Women Project” conducted in collaboration with Sahara Nepal Bajhang and Swallows of Finland.

During the observation tour, the participating farmers reached the Goat Genetic Resource Center of Budhitola in Kailali and received detailed information about modern goat farming technologies, goat breeds, pen management, grass production and other necessary aspects from the Information Officer, Mr. Kali Prasad Joshi. An interaction and question and answer session was also conducted with the participating farmers in the program.

Similarly, on the third day of the tour, a commercial cow farm located in Godavari Municipality was observed. On this occasion, leading farmer Mr. Minraj Joshi shared first-hand knowledge on professional practices adopted in cattle farming, management systems, grass and fodder management, medicinal methods, economic feasibility, etc.

A total of 11 people, including 8 farmers from Masta Rural Municipality, 2 project staff and 1 Sahara Nepal board Member, participated in the visit, including 3 Female and 8 Male.

It is believed that this type of observation visit will help in enhancing the skills of farmers and will help them develop more enthusiasm and confidence in professional agricultural practices.

साहारा नेपाल बझाङ्ग र स्वालोज अफ फिनल्याण्डको सहकार्यमा सञ्चालित खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन तथा महिला सशक्तिकरण परियोजना अन्तर्गत मिति २०८१/१२/२५ देखि २०८१/१२/२८ सम्म मष्टा गाउँपालिका वडा नं. ३ देखि ७ का बाख्रापालन कृषक समूहका सदस्यहरूका लागि अध्ययन अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।

अवलोकन भ्रमणको क्रममा सहभागी कृषकहरू कैलालीस्थित बुढीतोलाको बाख्रा आनुबंशिक श्रोत केन्द्र पुगेर सूचना अधिकृत श्री कालिप्रसाद जोशीसँग बाख्रापालनका आधुनिक प्रविधि, बाख्राका जात, खोर व्यवस्थापन, घाँस उत्पादन तथा अन्य आवश्यक पक्षहरूबारे विस्तृत जानकारी प्राप्त गरे। कार्यक्रममा सहभागी कृषकहरूसँग अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो।

त्यसैगरी, भ्रमणको तेस्रो दिन गोदावरी नगरपालिकामा अवस्थित व्यवसायिक गाई फार्म को अवलोकन गरियो। सो अवसरमा अगुवा कृषक श्री मिनराज जोशी बाट गाईपालनमा अपनाइने व्यावसायिक अभ्यासहरू, व्यवस्थापन प्रणाली, घाँस तथा चारोको व्यवस्था, औषधोपचार विधिहरू, आर्थिक सम्भाव्यता लगायतका विषयमा प्रत्यक्ष ज्ञान आदानप्रदान गरियो।

भ्रमणमा मष्टा गाउँपालिकाका ८ जना कृषक, परियोजनाका २ जना कर्मचारी र १ जना कार्यसमिति सदस्य गरी जम्मा ११ जना सहभागी थिए, जसमा ३ जना महिला र ८ जना पुरुष सहभागी थिए।

यस प्रकारको अवलोकन भ्रमणले कृषकहरूको सीप अभिवृद्धिमा टेवा पु¥याउनुका साथै व्यावसायिक कृषि अभ्यासप्रति उनीहरूमा थप उत्साह र आत्मविश्वास विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।