Bajhang Masta RM, २०८१ चैत ७ गते (20 March 2025)
A two-day training on health, nutrition, and hygiene has been conducted for female health volunteers in Masta Rural Municipality under the Improved Food Security , Sustainable Livelihoods, and Empowerment of Women Project, conducted in collaboration with Sahara Nepal Bajhang and Swallows of Finland.
साहारा नेपाल बझाङ्ग द्वारा सञ्चालित ‘खाद्य सुरक्षा सुधार, दिगो जीविकोपार्जन, र महिला सशक्तीकरण परियोजना’ अन्तर्गत मष्टा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्वास्थ्य, पोषण, र सरसफाइ सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ।

तालिममा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पोषण, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, र रोग प्रतिरोधन सम्बन्धी विषयमा जानकारी प्रदान गरियो। प्रशिक्षकहरूले सन्तुलित आहार, शुद्ध पानीको महत्व, सरसफाइका उपायहरू, र स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा मष्टा गाउँपालिका भित्रका ३४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

तालिममा मष्टा गाउँपालिकाका विभिन्न वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले आफ्नो कार्यदक्षता बढाउन मद्दत पुग्ने र समुदायमा प्रभावकारी सेवा प्रदान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
